नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता यथावत्

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता यथावत्



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता यथावत् रहेको छ । पछिल्ला चारमध्ये ३ खेलमा पराजित भएको नेपालको वरीयता यथावत् रहेको हो ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८९औं स्थानमा छ । नेपालले अक्टोबरदेखि डिसेम्बरसम्म चार खेल खेलेको थियो ।

इरानसँग ३–० ले पराजित भएको नेपालले भारतलाई २–१ ले हराएको थियो । यस्तै, इन्डोनेसियासँग २–१ र चाइनिज ताइपेईसँग १–० ले पराजित हुन पुगेको थियो ।