काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस भएका हुन् । निधि २०७९ सालको प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फ सांसद थिए ।
प्रतिनिधिसभा समानुपातिकतर्फ प्रफुल्ल घिमिरे, ललन चौधरी र उर्मिला यादवको नाम सिफारिस भएको छ ।


प्रतिक्रिया