काठमाडौं । चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ रकेटमार्फत् नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
स्थानीय समयअनुसार बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो–कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ समूह बोकेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।
प्रक्षेपणपछि सबै उपग्रहहरू तोकिएको कक्षामा सुरक्षित रूपमा प्रवेश गरेका छन् । यी उपग्रहहरूको सञ्चालनले चीनको इन्टरनेट सेवालाई द्रुत, स्थिर र व्यापक बनाउने अपेक्षा गरिएको छ । साथै, दुर्गम क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्न र आपत्तकालीन सेवामा पनि यसको प्रयोग हुने जनाइएको छ ।
लङ मार्च–१२ नयाँ पुस्ताको विश्वसनीय रकेट हो । चीन निरन्तर उपग्रह प्रक्षेपणमार्फत विश्वस्तरीय उपग्रह–इन्टरनेट प्रणाली निर्माण गर्ने लक्ष्यमा अघि बढिरहेको छ ।


प्रतिक्रिया