काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताएका छन् ।
सरकारले सोमबार आह्वान गरेको सर्वपक्षीय बैठकमा खनालले निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको बताए ।
भयरहीत वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको खनालले बताए ।
“चुनावमा शान्ति सुरक्षाको विषय नै हो । प्रचार प्रसारको विषय नै हो,” खनालले भने, “भयरहीत वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उमेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको हो ।”
अन्तरजिल्ला मतदान व्यावहारिक रूपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरूको प्रतिबद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको उनको भनाइ छ ।


प्रतिक्रिया