अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको माग

अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको माग



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान अन्तरिम सरकार विघटन गरी सर्वपक्षीय सरकार बनाउन माग गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार ज्ञापनपत्र बुझाउँदै नेकपाले जेन–जी आन्दोलनको भावना कदर गर्न पनि सर्वपक्षीय सरकार बनाउन माग गरेको हो ।

१३ बुँदे माग राख्दै पार्टीले संविधान संशोधन गर्न, २३ र २४ भदौको गोलीकाण्ड र विध्वंसको छानबिन गर्न र संविधानको पुनर्लेखनसहितका माग गरेको छ ।