राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं । राप्रपासँग एकताको सहमति गरेको राप्रपा नेपालले आगामी पुस १५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो १ः०० बजे नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार राप्रपा र राप्रपा नेपालबीच पुस १६ गते हुने पार्टी एकता घोषणा सभालाई भब्य बनाउने बिषयमा बैठक केन्द्रित हुनेछ ।

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो हस्ताक्षर गरेका थिए ।