सिन्धुपाल्चोक–१ बाट माधव सापकोटाको नाम सिफारिस

सिन्धुपाल्चोक–१ बाट माधव सापकोटाको नाम सिफारिस



काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटाको नाम सिफारिस गरिएको छ । बिहीबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सापकोटाको नाम सिफारिस गरेको हो ।

गत २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका सापकोटालाई आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट सिफारिस गरिएको हो । बैठकले प्रतिनिधिसभा निर्वाचन समानुपातिक तर्फ लालकान्छा तामाङ, अम्बिका नेपा, अनिता तामाङ, अनिल श्रेष्ठ, कुमार घतानेको नाम सिफारिस गरेकाे छ ।

यता राष्ट्रिय सभाका लागि राजेन्द्र सापकोटा र शिव प्रसाद न्यौपानेको नाम सिफारिस गरिएको छ ।