काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार नयाँ इतिहास रचेको छ । लगातार उकालो लागिरहेको सुनको भाउले शुक्रबारको रेकर्ड तोड्दै आज हालसम्मकै उच्च विन्दु कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य गत शुक्रबारको तुलनामा एक हजार तीन सय रुपैयाँले बढी हो । यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भई रेकर्ड कायम गरेको थियो ।
सुनसँगै चाँदीको भाउमा पनि भारी वृद्धि देखिएको छ । शुक्रबार प्रतितोला चार हजार पाँच सय ६५ रुपैयाँ रहेको चाँदी, आइतबार एकैदिन २ सय ७० रुपैयाँले बढेर चार हजार आठ सय ३५ रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।


प्रतिक्रिया