४७.५५ अंकले बढ्याे शेयर बजार

४७.५५ अंकले बढ्याे शेयर बजार



काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ५५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २ सय ३८ वटा कम्पनीको शेयर बढेकोमा २१ वटाको घटेको छ ।

आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ९ प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बुधवार ३ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीको १ करोड ३४ लाख कित्ता शेयर ५ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको छ ।