काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहोदर दाजुभाइलाई पालैपालो समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा अवसर दिन लागेको छ । विघटित प्रतिनिधिसभामा मुस्लिम क्लस्टरबाट चलचित्र निर्देशक असिम शाह समानुपातिक सांसद् थिए । यसपटक उनका भाइ आसिफ समानुपातिक सूचिमा समेटिएका छन् ।
रास्वपाले सोमबार निर्वाचन आयोगमा बुझाएको सूचीमा आसिफको नाम १ सय ६ नम्बर मुस्लिम क्लष्टरतर्फ पहिलो नम्बरमा छ । आसिफ कन्फर्म समानुपातिकतर्फबाट सांसद् भन्ने गरी सूची बुझाइएको छ । दाजुजस्तै आसिफ पनि टेलिभिजन प्रस्तुतकर्ता, निर्देशक, निर्माता र र्यापर हुन् । परिवारवादको विरोध गरेर उदाएको नयाँ पार्टीले पनि पुरानै पार्टीहरुको शैली पछ्याएको भन्दै रास्वपाभित्रैबाट विरोध भइरहेको छ ।
रास्वपा सभापति रवि लामिछाने र काठमाण्डूका मेयर बालेन्द्र शाह बालेनबीच असिम/आसिफको कमलपोखरीस्थित घरमा वार्ता ७ पुसको मध्यराति वार्ता भएको थियो । सोही वार्तामा लामिछाने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन र बालेन रास्वपामा समाहित हुन तयार भएका थिए ।


प्रतिक्रिया