काठमाडौं। नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नं–५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र भक्तपुर–२ बाट सचिव महेश बस्नेतको नामको नाम एकल सिफारिस भएको छ।
पोखरेल ओखलढुंगाबाट उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई काठमाडौं–५ बाट उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको जनाएको छ। काठमाडौं– ५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको उनको गृह क्षेत्र हो ।
यता भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि महेश बस्नेत उम्मेदवार सिफारिस भएका छन् । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको हो ।


प्रतिक्रिया