काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि स्वामित्व कायम गर्नुपर्ने भनाइ दोहोर्याएका छन् । उनले ग्रीनल्याण्डलाई सजिलै वा अप्ठ्यारो जुनसुकै तरिकाले पनि नियन्त्रणमा लिने चेतावनी दिएका छन् ।
रुस र चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले ग्रीनल्याण्डमाथि आफ्नो स्वामित्व कायम गर्नुपर्ने उहाँको दाबी रहेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले डेनमार्कको यो अर्ध–स्वायत्त क्षेत्र किन्ने योजना बनाएको भए पनि आवश्यक परे बल प्रयोग गरेर पकड कायम गर्ने विकल्पलाई समेत नकारेको छैन । तर डेनमार्कले यसको विरोध गर्दै यो क्षेत्र बिक्रीका लागि नभएको स्पष्ट पारिसकेको छ ।
डेनमार्कले अमेरिकी सैन्य हस्तक्षेप भएमा ट्रान्स–एट्लान्टिक रक्षा गठबन्धन (नेटो) को अन्त्य हुने चेतावनी पनि दिएको छ । नेटो सहयोगी देशहरु क्यानडा तथा अन्य युरोपेली देशहरूले पनि डेनमार्कको समर्थन गरेका छन् ।


प्रतिक्रिया