प्रशान्त तामाङको अन्त्येष्टि आज दार्जिलिङमा गरिने

प्रशान्त तामाङको अन्त्येष्टि आज दार्जिलिङमा गरिने



काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको अन्त्येष्टि आज दार्जिलिङमा गरिने भएको छ । जीटीए सरकारको पहलमा तामाङको शवलाई आजै बिहान नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङमा लगिएको थियो ।

अहिले दार्जिलिङका विभिन्न स्थानमा शवयात्रा भइरहेको छ । प्रशान्तका फयानहरुले उनलाई पुष्पगुच्छा चढाउँदै अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् । शवयात्रा पछि अन्तिम श्रद्धाञ्जलीका लागि स्थानीय चौरस्तामा राखिने र त्यही शवको अन्त्येष्टि गरिने कलाकार राजेश घतानीले जानकारी दिए ।

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।