काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार आयोजना गरेको छ । उक्त कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने भएको छ ।
नेकपाका नेता गंगालाल तुलाधरले जारी गरेको एक सूचनाअनुसार काठमाडौं उपत्यमा रहेकाले मंगलबार (पुस २९) दिउँसो १ बजे पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रुपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रुपमा शपथ लिन सक्नेछन् ।
शपथ लिएका केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था रहेको तुलाधरद्वारा जारी सूचनामा उल्लेख छ ।
शपथमा सहभागी हुने २४९९ सदस्यी केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाउन अहिले पेरिस डाँडामा ६ सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । उक्त कार्यदलमा पूर्वमाओवादीका तर्फबाट देव गुरुङ, वर्षमान पुन र गिरिराजमणि पोखरेल छन् ।


प्रतिक्रिया