काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई हराएको छ । थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ५–० गोलले हरायो ।
जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेलेको थियो । नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेलेको हो । यस्तै पुरुषतर्फ नेपालले भोलि श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।
लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।


प्रतिक्रिया