राष्ट्रिय लिग : सातदोबाटो र संकटाबीच बराबरी, लालीगुराँसले संकटालाई हरायो

राष्ट्रिय लिग : सातदोबाटो र संकटाबीच बराबरी, लालीगुराँसले संकटालाई हरायो



काठमाडौं । राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लब र सङ्कटा एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । बराबरीपछि दुवै टोलीले १–१ अंक जोडेका छन् ।

यस्तै आज भएको दोस्रो खेलमा लालीगुराँस एसोसिएशन क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले हराएको छ । लालीगुराँसका राज भुसालले गोल गरे । जीतपछि लालीगुराँसले ३ अङ्क जोडेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि शुरू भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कुल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।