धन्यवाद तथा बिदाइ गर्न काठमाडौं महानगरको बोर्ड बैठक बस्दै

धन्यवाद तथा बिदाइ गर्न काठमाडौं महानगरको बोर्ड बैठक बस्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै बोर्ड बैठक बस्ने भएको छ ।

आइतबार अपराह्न साढे ४ बजे काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयमा बोर्डको बैठक बस्ने भएको हो ।

बैठकमा राजीनामा दिएका बालेन पनि सहभागी हुँदैछन् । उनलाई महानगरले धन्यवाद तथा बिदाइ गर्ने तयारी छ । उनको राजीनामासँगै सुनिता डंगोल काठमाडौं महानगरकी कार्यवाहक मेयर भएकी छन् ।