काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाका पाँच वटै क्षेत्रमा उम्मेदवारको करिब टुंगो लगाएको छ ।
क्षेत्र नम्बर १ मा निशा डाँगी उम्मेदवार बन्ने भएकी छन् । डाँगी अघिल्लो पटक समानुपातिकबाट सांसद थिइन् । अघिल्लो कार्यकालमा उनी कान्छी सांसद पनि थिइन् ।
रास्वपा नेताका अनुसार क्षेत्र नम्बर २ मा पूर्व उपसभामुख इन्दिरा राना मगरलाई रास्वपाले उम्मेदवार बनाएको छ ।
त्यसैगरी झापा क्षेत्र नम्बर ३ मा पार्टी जिल्ला सभापति प्रकाश पाठक उम्मेदवार बन्ने भएका छन् । उनी अघिल्लो पटक त्यही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए ।
क्षेत्र नम्बर ४ मा पार्टी सचिव शम्भु सुस्केरा उम्मेदवार बन्ने टुंगो लागेको छ। झापा क्षेत्र नम्बर ५मा भने काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहको टुंगो लागेको रास्वपा स्रोतको दाबी छ । झापा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला पनि हो ।
ओली क्षेत्र नम्बर ५ बाट चुनाव जित्दै आएका छन् । काठमाडौं महानगरका पूर्वमेयर शाह उम्मेदवारको रूपमा आउने भएपछि रास्वपाका उम्मेदवारहरू थप उत्साहित छन् ।


प्रतिक्रिया