टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा आफ्नो दोश्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ९ बजे शुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले भने लगातार दुई खेल जितेको छ । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् ।

‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

आजका खेल

नेपालविरुद्ध नेदरल्यान्ड्स, कीर्तिपुर

बंगलादेशविरुद्ध नामिबिया, कीर्तिपुर

आयरल्यान्डविरुद्ध अमेरिका, मूलपानी

स्कटल्यान्डविरुद्ध जिम्बावे, मूलपानी