नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित



काठमाडौं । नेपालले आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल क्वालिफायरमा लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनले निरास बनायो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरयान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १३८ रन बनायो ।

नेपालका लागि रुविना क्षेत्री अविजित ३७, सीता रानमागरले अविजित २७, विन्दु रावलले १८, सम्झना खड्काले १४ र कविता जोशीले १३ रन बनाए । नेदरल्यान्ड्सका लागि इसाबेल भान डेर वोनिङले ३ तथा सिल्भर सिजर्स, रोबिन रिज्के र क्यारोलिन डे लाङ्गले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।

नेदल्यान्ड्सका लागि कप्तान बाबेट डे लीडेले ४९, स्टेरे कलिसले ३०, रोबिन रिज्के अविजित १९, आइरिस ज्विलिङले अविजित १४ र हेदर सिजर्सले १३ रन बनाए । नेपालका लागि रुविना क्षेत्रीले २ तथा सोमु विष्ट, पूजा महतो र रिया शर्माले १–१ विकेट लिए ।

लगातार तेस्रो जितसँगै नेदरल्यान्ड्सले तीन खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित नेपाल अंकविहिन छ ।