काठमाडौँ। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई स्कटल्यान्डले १४१ रनको लक्ष्य दिएको छ ।
कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गरेको नेपालले राम्रो सुरुवात गरेको थियो, तर त्यो सुरुवातलाई नेपाललाई कायम राख्न सकेन । पेस बलर सुमन विष्टको स्थानमा स्पिनर मनिषा उपाध्यायले १७ रन खर्चेर ४ विकेट लिएकी छन् । यसैगरी रुविना क्षेत्रले ३ विकेट लिइन ।
रिया शर्मा, सीता रानामगर र कविता जोशीले १–१ विकेट लिए । स्कटलल्यान्डका लागि प्रिनियाज चटर्जीले सर्वोधिक ४५ रन जोडेकी थिइन् । उनले जम्मा २८ बलको सामना गरेकी थिइन् ।
नेपालले सुपर सिक्स सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपालका लागि ओपनर सम्झना खड्का र विन्दु रावलले ब्याटिङ गरिरहेका छन् ।


प्रतिक्रिया