एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा अर्को ‘समुद्री युद्धपोत समूह’ इरानतिर अघि बढिरहेको बताएका छन् ।
उनले यस्तो कदमलाई अमेरिकी दबाब र सुरक्षा उपायको रूपमा व्याख्या गरेका छन् । ‘पहिले नै सन्धिमा सहमति गर्नु पथ्र्यो, आशा गर्छु अब गर्छन ,’उनले भने ।
ट्रम्पले यो समूहले आवश्यक परेको खण्डमा सन्धि उल्लङ्घन गर्ने पक्षलाई रोक्न र अमेरिकी सुरक्षालाई सुनिश्चित गर्न रणनीतिक उद्देश्यले तैनाथ गरिएको स्पष्ट पार्दै भने, ‘यो समूहले ‘सुन्दर तरिकाले’ इरानतिर यात्रा गरिरहेको छ, र यसले सम्भावित तनाव नियन्त्रण गर्न सक्ने आशा गरिएको छ ।’
विश्लेषकहरूले ट्रम्पको यो वक्तव्य इरानसँगको सम्बन्धमा तनावपूर्ण सङ्केतको रूपमा व्याख्या गर्न सकिने अनुमान गरेका छन् ।
यस कदमले अंतर्राष्ट्रिय सुरक्षा र मध्यपूर्वको राजनीतिक वातावरणमा महत्वपूर्ण प्रभाव पार्न सक्ने भएकाले विश्व समुदायले यसलाई नजिकबाट नजर राखिरहेको छ । ट्रम्पको यो चेतावनीले अमेरिकी नीति र सैन्य रणनीतिका विषयमा पनि अन्तर्राष्ट्रिय ध्यानाकर्षण बढाएको छ ।


प्रतिक्रिया