जाजरकोटमा १५ वर्षीय किशोर मृत्यु, ३ साथी पक्राउ

जाजरकोटमा १५ वर्षीय किशोर मृत्यु, ३ साथी पक्राउ


ग्लोब नेपाल
0
Shares

जाजरकोटमा १५ वर्षीय किशोर खिमराज विष्टको मृत्यु प्रकरणमा उनकै तीन जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

१६ वर्ष मुनिका तीन किशोरलाई पक्राउ गरेर विष्टको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीर खड्काले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरुविरुद्ध किटानी जाहेरीसमेत परेको छ । उनीहरुविरुद्ध जाजरकोट जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर कर्तव्य ज्यान कसुरमा अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिएका छन । जुनीचाँदे गाउँपालिका–४ का विष्टको शव १० माघमा फेला परेको थियो ।

९ माघ गते सरस्वती पूजामा विष्ट साथीहरुसँगै गाउँकै पाथीभरा मन्दिर दर्शन गर्न भनेर घरबाट निस्केका थिए । भोलिपल्ट उनको शव गाउँकै जंगलमा फेला परेको थियो ।

मृत फेला परेका बिष्टको शरीरमा कुनै ठूलो घाउचोट भने देखिएको थिएन । प्रहरी अनुसन्धानका अनुसार विष्टसँगै गएका साथीहरु मिलेर जंगलमै मदिरा पिएका थिए । तर मृत्युबारे अहिले हिरासतमा रहेका उनका साथीहरुले अनविज्ञता प्रकरण गरेका छन् ।