काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो ‘वार्म अप म्याच’ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गरिरहेको छ ।
चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा जारी खेलमा यूएईले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन जोड्यो ।
उसका लागि सोहेब खानले सर्वाधिक ३८ रनको योगदान दिँदा हर्षित कौशिकले ३५ रन बनाए । यस्तै, आर्यान्स शर्माले २५ तथा मुहम्मद जोहेवले १९ जोेड्दा अलिशान सराफुले १२ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले दुई–दुई विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले एक सफलता हात पारे ।


प्रतिक्रिया