काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । चौधरीको रिटमा अन्तरिम आदेशको सम्बन्धमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
यसअघि गत माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो ।
माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न आदेश दिएको छ ।


प्रतिक्रिया