काठमाडौंबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

काठमाडौंबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण



काठमाडौं । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान भारतकाे कोलकातामा सकुशल अवतरण भएको छ ।

काठमाडौंबाट दिउँसो १ बजेर २९ मिनेटमा टर्किएको इस्तानबुलका लागि उडेको टर्किस एअरलाइन्सको विमान दिउँसो ३ बजेर ३ बजे कोलकाताकाे सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमान उडेको २ मिनेटमै जहाजकाे दाहिने इन्जिनमा आगो लागेको भनेर विमानस्थलमा खबर भएको थियो । रिपोर्टपछि विमानले केही समय धादिङको धार्के क्षेत्रमा होल्ड गर्दै प्राविधिक अवस्था जाँच गरेको थियो ।

त्यसपछि चालकदलले भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । विमानमा २ सय २५ जना यात्रु र चालक दलका ११ गरी २ सय ३६ जना थिए ।