विश्वकप : अफगानिस्तानले दियाे न्युजिल्यान्डलाई १ सय ८३ रनकाे लक्ष्य

विश्वकप : अफगानिस्तानले दियाे न्युजिल्यान्डलाई १ सय ८३ रनकाे लक्ष्य



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘डी’ काे खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १ सय ८३ रनकाे लक्ष्य दिएकाे छ ।

भारतकाे चेन्नईमा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायाे ।

अफगानिस्तानका गुलबदिन नैबले ६३ रन बनाए । न्युजिल्यान्डका लकी फर्गुसनले २ विकेट लिए । प्रतियाेगितामा दुवै टाेलीकाे याे पहिलाे खेल हाे ।टी–२० विश्वकपमा आजै दाेस्राे खेलमा समूह ‘सी’ का नेपाल र इङ्ग्ल्यान्ड तथा तेस्राे खेलमा समूह ‘बी’ का श्रीलङ्का र आयरल्यान्ड खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् ।

समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन् ।

हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणकाे टी–२० विश्वकपकाे फाइनल खेल आउँदाे मार्च ८ मा हुनेछ ।