काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् ।
माघ २२ को मन्त्रीस्तरीय निर्णयानुसार डंगोल निमित्त प्रबन्धक निर्देशकमा नियुक्त भएकी हुन् ।
उनी यसअघि टेलिकमकै प्रमुख प्राविधिक अधिकृत थिइन् ।नियुक्तिपछि पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले सरकारको प्राथमिकताबमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताइन् ।
कम्पनीलाई ग्राहककेन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने उनको भनाइ छ ।
डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छन् ।


प्रतिक्रिया