गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार–सडकखण्ड स्तरोन्नतिका लागि समय तोकेर बन्द गर्ने काम शुरू भएको छ ।
सत्यबती गाउँपालिकामा रहेको सिस्ने भिर क्षेत्रमा सडक स्तरोन्नति गर्न केही समयका लागि गाडी आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
कार्यालयका अनुसार आजदेखि फागुन १५ गतेसम्म दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म गाडी आवागमन पूर्ण रूपमा बन्द हुने छ ।
वैकल्पिक मार्गका रूपमा बिहान र दिउँसोको समयमा सोता–तल्लोफाँट–रुपाकोट–दोकुवा–सलाघारी–चोरकाटे तथा बेलुकादेखि बिहानसम्म मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया