काठमाडौं । आइसिसी टी-२० विश्वकपमा बुधबार तीन खेल हुँदैछन् ।
समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिका र अफगानिस्तान, समूह ‘बी’ का अस्ट्रेलिया र आयरल्याण्ड तथा समूह सी बाट इंग्ल्याण्ड र वेस्ट इण्डिजबीचको खेल आज हुन लागेको हो ।
अस्ट्रेलिया र आयरल्याण्डबीचको खेल श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा अपराह्न सवा ३ बजे हुनेछ ।
अस्ट्रेलियाको यो पहिलो खेल हो । आयरल्याण्ड यसअघि पहिलो खेलमा श्रीलंकासँग पराजित भइसकेको छ ।
बाँकी दुई खेलहरू भारतमा हुनेछन् । पहिलो खेल बिहान सवा ११ बजे दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।
दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् ।
बेलुकी सवा ७ बजे नेपाल रहेको समूह ‘सी’ को खेलमा इंग्ल्याण्ड र वेस्ट इण्डिज भिड्दैछन् ।
दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।पहिलो खेलमा इंग्ल्याण्डले नेपाललाई पराजित गरेको थियो भने वेस्ट इण्डिजले स्कटल्याण्डलाई हराएको थियो ।
दुई टोलीबीचको खेल कोलकातास्थित वानखेडे स्टेडियममा हुनेछ ।


प्रतिक्रिया