विश्वकप : दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हरायो

विश्वकप : दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हरायो



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराएको छ ।

दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले दिएको २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ विकेट गुमाएर १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा गएको हो ।

यसअघि दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८७ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

अफगानिस्तानका रहमनुल्लाह गुरबाजले ८४ रन बनाए । दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट लिए ।

त्यसअघि भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ सय ८७ रन बनायो ।

दक्षिण अफ्रिकाका रायन रिकेल्टनले ६१, क्विन्टन डी ककले ५९ रन बनाए । अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले ३ विकेट लिए ।

लगातार दोस्रो जीतसँगै दक्षिण अफ्रिकाले समूह ‘डी’ मा २ खेलमा ४ अङ्क जोडेको छ । अफगानिस्तानको यो लगातार दोस्रो हार हो ।