बर्दिया निर्वाचनलक्षित संयुक्त सुरक्षा गस्ती

बर्दिया निर्वाचनलक्षित संयुक्त सुरक्षा गस्ती



बर्दिया । बर्दिया जिल्लामा निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।

यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने मिति नजिकिँदै गर्दा यस जिल्लामा पनि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा गस्ती सुरु गरिएको हो ।

निर्वाचनलक्षित सुरक्षा योजना अन्तर्गत बर्दियामा दुई हजार २२५ जना निर्वाचन प्रहरी, एक हजार ८२२ जना नेपाल प्रहरी, सात सय ५५ जना सशस्त्र प्रहरी र ३५० जना नेपाली सेनाद्वारा निर्वाचनलक्षित सुरक्षा योजना अन्तर्गत संयुक्त गस्ती सुरु गरिएको हो । यहाँको गुलरिया, मधुवन नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिका नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएका स्थानीय तह हुन् । जिल्ला सुरक्षा समितिको बैठकले यसअघि नै सीमावर्ती गाउँसहित बर्दियाका विभिन्न स्थानका ३९ वटा मतदान स्थललाई संवेदनशील मतदान स्थलका रूपमा राखेर त्यस क्षेत्रमा पनि विशेष किसिमको सुरक्षा गस्ती बढाएको छ । बर्दिया जिल्लाका विभिन्न बजारमा र ग्रामीण भेगमा संयुक्त गस्ती पुग्न सुरु गरेपछि निर्वाचनको वातावरण बन्दै गएको छ ।