विश्वकपः नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

विश्वकपः नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।

आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् ।

बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।

यसअघिको खेलमा इंग्ल्यान्डसँग बलियो ब्याटिङ गर्दै १८४ रनको लक्ष्यमा १८० रन बनाउँदै ४ रनले स्तब्ध बनेको नेपालले इटालीसँग भने झुर ब्याटिङ गरेको छ ।