भोजपुर । प्रधानमन्त्री सुशीला कार्कीलाई भोजपुरको अवस्थाबारे सुरक्षा निकायले जानकारी गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको सुरक्षा टोलीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र अवस्थाबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको हो ।
उच्च हिमाली क्षेत्रको अवस्था बुझ्ने क्रममा यहाँ पुग्नुभएका प्रधानमन्त्री कार्कीलाई निर्वाचनका लागि भइरहेको तयारी र अवस्थाबारे अवगत गराइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सोलुखुम्बूमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको मितिमा नै एकैचरणमा निर्वाचन हुने बताए ।
प्रधानमन्त्री कार्कीसँग प्रमुख जिल्ला अधिकारी पौडेल, जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहाल, चार वटै सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारीलगायत टोलीले निर्वाचन र सुरक्षाका विषयमा छलफल गरेको थियो ।


प्रतिक्रिया