शेयरबजारमा २० अंकको पहिरो

शेयरबजारमा २० अंकको पहिरो



काठमाडाैं । मंगलबार शेयरबजार परिसूचक नेप्सेमा २० अंकमाथिको पहिरो गएको छ । अघिल्लो दिन ८ अंकले घटेको बजारमा आज थप २०.७५ अंकले घट्दै २ हजार ६४२.१५ अंकमा झरेको हो ।

आज ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबर २ करोड ५ लाख ५९ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसामा किनेको शेयरको मूल्य किनेकै मूल्य बराबर पुग्न पनि निकै कठिन पर्ने देखिएको छ ।

नेप्सेका अनुसार आज रिलायन्स स्पिनिङ मिल्सको ६० कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।

यता २०.७५ अंकले सूचक घटेको बजारमा आज म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।