वार्ता चलिरहँदा खामेनेईले भने– अमेरिकाले इरानलाई ध्वस्त पार्न सक्दैन

वार्ता चलिरहँदा खामेनेईले भने– अमेरिकाले इरानलाई ध्वस्त पार्न सक्दैन



काठमाडौं । अमेरिकासँग आणविक वार्ता चलिरहँदा इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनेईको प्रतिक्रिया आएको छ ।

देशको पूर्वी अजरबैजान प्रान्तबाट प्रतिक्रिया दिँदै उनले अमेरिकाले इरानलाई ध्वस्त पार्न नसक्ने बताएका हुन् ।

उनले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

ट्रम्पले इरानले आणविक सम्झौता गर्नुपर्ने भन्दै दिएको अभिव्यक्तिको एक क्लिपमा उनले अमेरिकाले ४७ वर्षसम्म इरानलाई ध्वस्त गर्न नसकेको बताएका थिए ।

‘उनले आफ्नै जनतासामु गुनासो गरेका छन्,’ खामेनेईले भने, ‘यो राम्रो स्वीकारोक्ति हो । अमेरिकाले इरानलाई ध्वस्त पार्न सक्दैन ।’