जिम्बावे टी–२० विश्वकपको ‘सुपर–एट’ मा

जिम्बावे टी–२० विश्वकपको ‘सुपर–एट’ मा



काठमाडौं । जिम्बावे आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पुगेको छ ।श्रीलङ्काको पल्लेकेलेमा वर्षाका कारण समूह ‘बी’ मा आयरल्यान्डसँगको खेल रद्द भएसँगै जिम्बावे १ अङ्क लिएर ‘सुपर–एट’ मा पुगेको हो ।

आयरल्यान्डले पनि १ अङ्क जोडेको छ । यो नतिजाले अस्ट्रेलिया र आयरल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् । यो समूहबाट श्रीलङ्का ‘सुपर–एट’ मा पुगिसकेको छ ।

यसअघि भारतको चेन्नईमा भएको समूह ‘डी’ को खेलमा क्यानडालाई हराउँदै न्युजिल्यान्ड ‘सुपर–एट’ मा पुगेको छ ।

न्युजिल्यान्डको जीतले क्यानडासहित, अफगानिस्तान र यूएई बाहिरिएका छन् । यो समूहबाट यसअघि दक्षिण अफ्रिका ‘सुपर–एट’ मा पुगिसकेको छ ।

यस्तै समूह ‘ए’ बाट भारत, समूह ‘बी’ बाट श्रीलङ्का, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड ‘सुपर–एट’ मा पुगेका छन् ।

अब ‘सुपर एट’ पुग्ने अन्तिम टोली बन्न समूह ‘ए’ का अमेरिका, पाकिस्तान र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आजै बेलुका सवा ७ बजे समूह ‘सी’ का नेपाल र स्कटल्यान्ड खेल्दैछन् । प्रतियोगितामा स्कटल्यान्डले एक खेल जितेको छ भने नेपाल जीतविहीन छ ।