वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चागोस टापु मौरिससलाई दिने बेलायती योजनाको आलोचना गरेका छन् ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरले ठुलो गल्ती गरिरहेको ट्रम्पले भनेका छन् ।
सम्झौताअनुसार बेलायतले हिन्द महासागरस्थित चागोस टापुको सार्वभौमसत्ता मौरिससलाई फर्काउनेछ भने रणनीतिक रूपमा महत्त्वपूर्ण डियगो ग्रेसिया टापु ९९ वर्षका लागि भाडामा आफूसँग राख्नेछ ।
यस टापुमा बेलायत–अमेरिकाको संयुक्त सैन्य अड्डा छ ।ट्रम्पले सामाजिक सञ्जाल टुथ सोसलमा पोष्ट गर्दै स्टार्मरले महत्त्वपूर्ण टापुमाथिको नियन्त्रण गुमाइरहेको आरोप लगाए ।
तर अमेरिकी विदेश मन्त्रालयले भने यस सम्झौताप्रति आधिकारिक समर्थन जनाएको छ । चागोस सन १८१४ देखि बेलायती नियन्त्रणमा थियो ।
१९६० को दशकमा मौरिसस स्वतन्त्र हुनुअघि बेलायतले यसलाई अलग गरी डिएगो गार्सियामा सैन्य अड्डा स्थापना गर्न स्थानीय बासिन्दालाई हटाएको थियो ।
सन २०१९ मा अन्तर्राष्ट्रिय न्याय अदालतले टापुहरू मौरिससलाई फिर्ता गर्न सुझाव दिएको थियो, त्यसपछि संयुक्त राष्ट्रसंघले पनि बेलायतलाई हस्तान्तरण गर्न आग्रह गरेको थियो ।
बेलायती विदेश मन्त्रालयले सम्झौता राष्ट्रिय तथा मित्र राष्ट्रहरूको सुरक्षाका लागि महत्त्वपूर्ण भएको जनाएको छ ।


प्रतिक्रिया