अमेरिकाले यसै साता इरानमाथि सैन्य हमला गर्न सक्ने

अमेरिकाले यसै साता इरानमाथि सैन्य हमला गर्न सक्ने



काठमाडौं । अमेरिकाले यसै साता इरानमाथि सैन्य आक्रमण गर्ने तयारी गरेको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म अन्तिम निर्णय गरेका छैनन् ।

पछिल्ला दिनमा मध्यपूर्व क्षेत्रमा अमेरिकी हवाई र नौसैनिक शक्ति बढाइएको स्रोतहरूले जनाएका छन् ।

ह्वाइट हाउसमा उच्च सुरक्षा अधिकारीहरूको बैठक बसेको छ भने इरानसँग जेनेभामा अप्रत्यक्ष वार्ता पनि भएको थियो ।

दुवै पक्षले केही आधारभूत सिद्धान्तमा सहमति जनाए पनि धेरै विषयमा अझै छलफल बाँकी रहेको बताइएको छ ।

अमेरिकाले कूटनीतिक प्रयासलाई प्राथमिकता दिएको जनाएको छ, तर आवश्यक परे सैनिक कारबाही पनि विकल्पमा रहेको स्पष्ट पारेको छ ।

उता, इरानले आफ्ना आणविक संरचनाहरू थप मजबुत बनाउँदै सुरक्षा बढाएको छ ।

क्षेत्रीय तनाव बढिरहेका बेला सम्भावित निर्णयबारे विश्व समुदायले चासोपूर्वक हेरिरहेको छ ।