काठमाडौं । हिजो बढेको सुनको भाउ आज भने स्थिर छ । सुन आज पनि हिजोजस्तै तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको थियो ।यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।
चाँदी १० रुपैयाँले घटेर तोलाको ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ६० रुपैयाँ थियो ।


प्रतिक्रिया