काठमाडौं । मेची भन्सार कार्यालयबाट सात महिनामा ८ अर्ब ६१ करोड २० लाख ७ हजार बराबरको अलैंची निर्यात भएको छ । साउनदेखि माघ मसान्तसम्ममा ४ हजार १ सय ५३.१५ मेट्रिकटन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।
निर्यात रकमका हिसाबले यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ५९.८० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा ५ अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैंची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्क अनुसार सात महिनामा चियाको निर्यात भने २६.७० प्रतिशतले घटेको छ । साउनदेखि माघ मसान्तसम्ममा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा तीन अर्ब १६ करोड ६२ लाख १३ हजार बराबरको चिया निर्यात भएको थियो ।


प्रतिक्रिया