काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पदार्थमा इथानोल मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताएका छन् ।
आर्थिक पत्रकार समाजले आइतबार राजधानीमा गरेको कार्यक्रममा लामो समयदेखि तयारी गरिएको कार्यक्रम अब कार्यान्वयनको चरणमा पुगेको उनले बताए । उनका अनुसार, २० वर्षदेखि तयारी गरिएको कार्यक्रम अहिले लागु गर्न लागिएको उनको भनाइ छ ।
कार्यक्रम पूर्ण कार्यान्वयनमा आउन एकदेखि डेढ वर्षसम्म लाग्नसक्छ । इथानोलको गुणस्तर मापदण्ड तय गर्नुपर्ने भएकाले त्यसको तयारी भइरहेको उनले बताए ।
“२० वर्षदेखिको कार्यक्रम हामीले लागु गर्न नसकेकै हो । अब यो निर्णयको चरणमा गएर राजपत्रमा आउँदै छ,” भट्टले भने, “आगामी दिनमा कार्यविधि, नीति नियम पनि बन्दै छन् । यसले मार्गनिर्देश पनि गर्नेछ । यो कार्यक्रमलाई अब फेल हुन दिने छैनौँ ।”


प्रतिक्रिया