काठमाडौं । बङ्गलादेशले भारतमा रहेका आफ्ना कूटनीतिक नियोगहरूबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
सुरक्षा कारण देखाउँदै बङ्गलादेश सरकारले भारतमा रहेका आफ्ना कूटनीतिक मिसनहरूबाट पर्यटक भिसा सेवा अस्थायी रूपमा निलम्बन गरेको थियो । तर चुनावपछि समग्र अवस्थामा सुधार आएको निष्कर्षसहित अब सेवा नियमित रूपमा विस्तार गरेको बङ्गलादेशी अधिकारीलाइ उद्धृत गर्दै समाचारसंस्था एएनआइले जनाएको छ ।
बङ्गलादेशी नागरिकका लागि भारतीय पर्यटक भिसा सेवा भने अझै पनि पूर्ण रूपमा खुला भएको छैन । केही विशेष श्रेणीका भिसा मात्र जारी भइरहेका छन् । प्राध्यापक मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारको अवधिमा भारत–बङ्गलादेश सम्बन्धमा तनाव देखिएको थियो ।
तर चुनावपछि प्रधानमन्त्री तारिक रहमानले नेतृत्व सम्हाल्नुभएपछि द्विपक्षीय सम्बन्ध सुधारतर्फ उन्मुख भएको सङ्केत देखिएको छ ।


प्रतिक्रिया