तीन प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

तीन प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । तीनवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ । दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।