धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धादिङ दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरूप्रति श्रद्धान्जली दिँदै उनीहरूको परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको बस गए राति धादिङको भैँसीगौंडा स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा यात्रु घाइते छन् ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले लेखेका छन्, “पोखराबाट काठमाडौँतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैँसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराति दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ । दुर्घटनामा जीवन गुमाउनुभएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेशना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”