सिंहदरबार पुनः निर्माण गर्न सकिन्छ : रवि लामिछाने

सिंहदरबार पुनः निर्माण गर्न सकिन्छ : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण गर्न सकिने तर नवयुवाको आन्दोलनमा गोली लागेर ज्यान गुमाएकाहरु फेरि कहिल्यै उठ्न नसक्ने बताएका छन् ।

गोरखाको सदरमुकाममा पार्टीले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारी संरचना जलेकामा गौरव नगरेको तर यस्ता संरचना पुनर्निर्माण गर्न सकिने बताए ।

उनले नवयुवाको आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरे । लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेका छन् ।