बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीबीसीको डकुमेन्ट्री सामान्य सञ्चार सामग्री मात्र नभई सम्भावित भूराजनीतिक चलखेलको जिउँदो प्रमाणका रूपमा टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान जनाएका छन् ।

चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग या नियोजित हस्तक्षेप ? भन्दै पोखरेलले प्रश्न उठाएका छन् ।

पोखरेलले लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’

पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँले गर्नुपर्ने भन्दै नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी रहेको बताएका छन् ।