नागरिकहरूलाई घरभित्रै रहन युएई सरकारको विशेष अपील

नागरिकहरूलाई घरभित्रै रहन युएई सरकारको विशेष अपील



युएई । संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ ।

इरानले आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा आक्रमण सुरु गरेपछि सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित रहन विशेष अपील गरेको हो ।

सरकारले घरबाहिर नजान, झ्याल ढोकाको नजिक नबस्न अनुरोध गर्दै मोबाइलमा चेतावनी पूर्ण सन्देश पठाइरहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् । आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ ।

आक्रमणका कारण बहराइनको अवस्था नाजुक भइसकेको छ ।

इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण सुरु गरेसँगै इकतार, कुवेत र युएईलेले आफ्नो एयर स्पेस बन्द गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो एयर स्पेस आंशिक रूपमा बन्द गरेको छ । अमेरिका र इजरायलले इरानमा आक्रमणपछि सुरु भएको इरानको जवाफी आक्रमणका कारण मध्यपूर्वमा आकाशमा समस्या भएको हो । यूएईको नागरिक उड्डयन प्राधिकरणले उडान र उडानकर्मीको सुरक्षाका लागि आंशिक रूपमा हवाई क्षेत्र बन्द गरेको जनाएको छ ।

कतार एयरवेजले पनि कतारको आकाश क्षेत्र बन्द गरिएकाले दोहाबाट आउने–जाने आफ्ना उडान अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ ।