काठमाडौं । झापा ५ दमकमा मौन अवधिमा आचारसंहिता उल्लंघन गर्ने ६ जनाभन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मौन अवधिका क्रममा आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएकाहरु केही व्यक्तिहरूले सार्वजनिक स्थानमा रक्सी सेवन गरी होहल्ला गरेको आरोप छ। एक पसलबाट केही मात्रामा भाङ्गको लड्डु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया