काठमाडौं । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ परेका छन् ।
फागुन २१ गते हुने निर्वाचन बिथोल्न विभिन्न गतिविधि गरेको आरोपमा प्रहरीले देशभरिबाट १४२ जनालाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार पक्राउ परेकामध्ये ७६ जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामध्ये ६६ जना छुटिसकेका छन् ।
१८ गते मात्रै विभिन्न ठाउँबाट ९ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डिआइजी काफ्लेले जानकारी दिए ।


प्रतिक्रिया